गणित शिक्षणलाई रुचिपूर्ण र प्रभावकारी बनाउनका लागि कक्षाकोठामा गणितीय खेल तथा पजलहरुको प्रयोग अत्यन्त जरुरी देखिन्छ । एकोहोरो व्याख्यान विधि वा समस्या समाधान विधिले विद्यार्थीहरुको ध्यान सिकाइबाट विचलित हुन जान्छ । गणित विषयमा अन्य रोचक प्रसंगहरु वा कथा कहानीहरुको अभाव हुनु र सधैं समस्या समस्या समाधान गर्ने कार्यमात्र भइराख्नुले यस विषयबाट सिकारुको ध्यान पलायन हुनु स्वभाविकै हो । दैनिक जीवनमा गणितको उपयोगिताको अनुभूति हुनु जति आवश्यक छ, गणितलाई रोचक बनाउने विभिन्न उपायहरु खोज्नु तथा तिनलाई उपयोग गर्नु पनि त्यतिकै अपरिहार्य छ । यसका लागि छुट्टै समय माग गर्नुभन्दा पनि गणितकै सहक्रियाकलापको रुपमा बीचबीचमा गणितीय विषयवस्तुलाई खेल वा पजलका माध्यमबाट प्रस्तुत गर्न सकियो भने कक्षाकोठाको वातावरण सक्रिय, जीवंत, रोचक र अर्थपूर्ण बनाउन सकिन्छ ।
गणितीय पजलको अर्थ
गणितीय पजल भनेको गणितीय समस्या नै हो । जुनसुकै समस्या जसले मस्तिष्कमन्थन गराउँछ, त्यो पजल हो भने यस्तो समस्या जसको समाधानको प्रक्रिया गणितीय सिद्धांतमा आधारित छ , त्यो गणितीय पजल हो । यस्तो पजल कुनै सूत्र वा गणितीय क्रियामा आधारित पनि हुनसक्छ र केवल Tricks मा मात्रै आधारित पनि हुनसक्छ जसलाई Inspection Method या Induction Method या Trial and Error Method बाट समाधान गर्न सकिन्छ ।
गणितीय पजलको महत्व
1. यसले तर्कशक्तिको विकास गराउँछ2. चिन्तनको क्षमतालाई सूक्ष्म र तीव्र बनउँछ
3. गणितीय ज्ञानलाई फराकिलो बनाउँछ
4. आत्मविश्वास बढाउँछ
5. गणित कक्षालाई मनोरञ्जनपूर्ण बनाउँछ
6. पजलसँग सम्बन्धित गणितीय धारणाको विकास गराउँछ
गणितीय खेल
कुनै क्रियाकलापलाई खेल तबमात्र भनिन्छ जब यसमा निम्नलिखित विशेषताहरु हुन्छन् ः
1. कम्तीमा दुईओटा व्यक्ति वा दुईओटा समूहको सहभागिता भएको
2. सहभागी व्यक्ति वा समूहबीच प्रतिस्पर्धा भएको
3. निश्चित नियमहरु निर्धारण गरिएको र त्यही नियमानुसार खेलिएको
4. अन्त्यमा एउटा व्यक्ति वा समूह विजयी हुने कुरा निश्चित भएको
5. विजयी व्यक्ति वा समूहका लागि पुरस्कारको व्यवस्था गरिएको गणितीय खेलको प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु
1. निर्धारित सबै जनाको सहभागिता हुनुपर्छ
2. गणितीय खेललाई गणित विषयको सहक्रियाकलापको रुपमा सञ्चालन गर्नुपर्छ
3. दिक्क लाग्ने खालको हुनु हुँदैन
4. समय धेरै लाग्ने हुनु हुँदैन
5. ीनर्धारित समयमा पूरा हुने खालको हुनुपर्छ
6. सबै विद्याथीहरुले खेलको नियमलाई अनिवार्य रुपमा पालना गरेको हुनुपर्छ
7. एपयुक्त समयमा मात्र सञ्चालन गर्नुपर्छ अर्थात् दिनहुँ खेल खेलाउनु जरुरी छैन, विषयवस्तु हेरेर आवश्यक भएमा र विद्यार्थीहरुको रुचि भएमा मात्र खेलाउनु पर्छ ।
गणितीय खेलको महत्व
1. शिक्षणलाई रुचिकर र आकर्षक बनाउँछ
2. विषयवस्तुको धारण सजिलै दिन सकिन्छ
3. मनोरञ्जनपूर्ण सिकाइ हुन्छ
4. सिर्जनशीलतामा वृद्धि गराउँछ
5. थप सिकाइका लागि उत्प्रेरित गराउँछ
6. गणितप्रति अभिरुचि जगाउँछ
7. सहनशील र धैर्यवान बनाउँछ
No comments:
Post a Comment